बुधबार, बैशाख १२, २०८१

सावधान! जथाभावी सवारी पार्किङ गरे स्टिकर सहितको ‘ह्विल लकको फण्डामा परिएला

काठमाडौं पुस २४ , महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङ गर्ने प्रवृतिमा तिव्रता आएसंगै यसलाइ निरुत्साहित गर्न भन्दै  जथाभावी पार्किङ गरिएका चारपाङ्ग्रे सवारी साधनमा स्टिकर सहितको ह्विल लक गर्ने भएको छ ।

यसअघि ट्राफिक प्रहरी महाशाखाका अनुसार मनलाग्दी रुपमा निषेधित स्थान र सार्वजनिक आवागमनमा समेत असहज हुने गरि गरिएको  चार पाङ्ग्रे पार्किङ सवारी साधनमा ‘ह्विल लक’ लगाउने गरिएको भएपनि अव भने लक संगै स्टिकर समेत लगाउँन सुरु गरिएको महाशाखाले जानकारी दिएको छ । साथै यसरी ह्विल लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने अन्योल परेको गुासो आउँन थालेपनि विस्तृत विवरणसहित सम्बन्धित सवारी साधनमा आजबाट लकसं स्टिकर समेत टाँस्न थालिएको जनाउँदै जथाभावी पार्किङ गर्ने सवारी साधनको नम्बर, ठाउँ, मिति र समय पनि स्टिरमा उल्लेख गरिएको महाशाखाले जनाएको छ ।

साथै महाशाखाका अनुसार ह्विल लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नुपर्ने त्यसपछि अनाधिकृत पार्किङको सजाय गरिने जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।