शुक्रबार, चैत्र १६, २०८०

साल्ट ट्रेडिङले यस आवमा आर्जित मुनाफाबाट २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौ फागुन २२,  साल्ट ट्रेडिङ कर्पोरेशनको ५१औं साधारणसभाले आव २०७३/ ७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गर्न सफल भएको जनाउँदै आर्जित मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कर्पोरेशन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको उक्त साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने कार्ययोजना समेत तय गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।