शुक्रबार, चैत्र १६, २०८०

सार्वजनिक चर्पीको सफाइ

काठमाडौं मंसिर २, ५औँ विश्व चर्पी दिवसका अवसरमा वसन्तपुर, भीमसेनस्थान, टंकेश्वर, कंकेश्वरी, शोभाभगवती, भूइँखेल र स्वयम्भूस्थित सार्वजनिक चर्पीको सरसफाइ गरिएको छ । कार्यक्रमको सुभारम्भमा काठमाडौ निर्वाचन क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ प्रदेश १ का उम्मेदवार राजेश शाक्य र प्रदेश २ का उम्मेदवार अष्टलक्ष्मी शाक्य तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लगायतका वक्ताले सम्पदास्थलमा विभिन्न मुलुकका पर्यटक घुम्न आउने हुँदा त्यस क्षेत्रको संरक्षण र सरसफाइमा जोड दिँदै सम्पदास्थलका सार्वजनिक चर्पी सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।