बिहिबार, बैशाख १३, २०८१

सार्क सीसीआइ र ग्लोकल प्रालिबीच समझदारी

काठमाडौ चैत ५ , युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पु¥याउने उद्देश्यसहित सार्क सीसीआई र ग्लोकल प्राइभेट लिमिटेड बीच समझदारी सहित एमओयुमा हस्ताक्षर भएको छ ।  सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा भएको उक्त समझदारीमा   एमओयु सार्क- सीसीआई का अध्यक्ष श्री सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुर ए कार्यक्रमकावीच भएको  उक्त हस्ताक्षर कार्यक्रममा वाणिज्य र आपूर्ति मंन्त्री मात्रिका यादवको समेत उपस्थिती रहेको थियो ।

प्रस्तुत समझदारी अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर किशोरीलाई ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन् ।१३९ १९ बर्षको किशोर- किशोरीहरुको लागी ग्लोकल टीन हिरो एउटा प्लेटफार्म हो जसले उनीहरुको शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।