बिहिबार, चैत्र १५, २०८०

सामान्य प्रभाव वाहेक चौतर्फी नेपाल बन्दको अवज्ञा, नक्कली र सक्क्ली बम राख्ने बन्दकर्ता पक्राउ

  काठमाडौं साउन २९,  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल नेपाल बन्दको देशैभर केहि क्षेत्रमा सामान्य प्रभाव वाहेक चौतर्फी बन्दको अवज्ञा भएको समाचर प्राप्त भएको छ । विप्लव नेतृत्वको नेकपाले राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्नुपर्ने मागसहित आज नेपाल बन्दकोआव्हान गरेको हो ।

 योे वा त्यो नाममा सधैको बन्दका कारण वाक् दिक्क भएका नागरिकहरुले आ आफ्नो व्यापार व्यवसाय सवारीसाधान विधालय मात्र नभइ सार्वजनिक यातायात समेत निर्वाद सञ्चाल गरेसंगै उपत्यका लगायतका क्षेत्रमा बन्दको अवज्ञा भएको हो ।  यसअघि नक्कली बम राखेर स्थानीयलाइ आतंकीत तुल्याउँन खोज्ने बन्दकर्तालाइ महानगरीय प्रहरी परिसरले सर्वसाधारणको वाक्लो आवागमन हुने क्षेत्र ग्वार्काे, ताल्छिखेल र बटुकभैरब र कुपण्डोलमा नक्कली बम राख्दै वातावरण तनावमय बनाएसंगै पक्राउ गरेको छ भने भक्तपुरको लोकन्थली र सूर्यविनायकमा पनि बन्दकर्ताले राखेको प्रेसर कुकर बम सुरक्षाकर्मीले निष्क्रिय पारेको समाचार प्राप्त भएको छ । त्यस्तैगरि महानगरीय प्रहरी परिसर काठमाडौले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै मोफसल अन्र्तगत लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा केहिहदसम्म मर्कामा परेका छन भने अधिकांश शैक्षिक संस्थाको पठनपाठन पनि प्रभावित भएको थाहा भएको छ । यसैक्रममा बन्दकर्ताले पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आज आगजनी गरेको छ भने प्रहरीले विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा पक्राउ गरेको छ ।
Publish on: Aug 14, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।