शुक्रबार, बैशाख ७, २०८१

सामाजिक संजालमा अश्लिल अन्तरवार्ता सञ्चालन गर्ने सञ्चालिका र मोडल तामाङ पक्राउ

होली पर्वमा अबान्छित गतिविधि गर्ने पक्राउ

काठमाडौं चैत ६ , नेपाल प्रहरीले उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न भएका ८४ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार आज काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सवारी–साधन चलाउने ५५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको जनाएको छ । माहाशाखाका अनुसार ५ सय १५ वटा मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिदै आवश्यक आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ । प्रहरीका अनुसार जसमध्ये मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने २६ जना, कागजपत्र साथमा नभएको सवारी–साधन ३०८, लापरबाहीका साथ सवारी–साधन चलाउने ६४ र मोटरसाइकलमा तीनजना बसेर अनियन्त्रतरुपमा चलाउने ७१ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैवीच सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्ता दिने मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अश्लिल सामाग्रीहरु युटुब च्यानल मार्फत ‘मस्ती टक टाईम’ बाट प्रसारित गरी सामाजिक संजालमा अमर्यादित, अश्लिल, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम संचालन गरेको भनि सामाजिक मर्यादामा खलल पुर्‍याएको भनि आम जनसमुदायबाट गुनासो आएसंगै महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको जनाएँदै आवश्यक अनुसनधान सहित उनीहरुलाई साईवर क्राईम अपराधमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728