शुक्रबार, चैत्र १६, २०८०

सानेपास्थित नेता खड्काको निवासमा श्रद्धाञ्जली दिनेको भीड, सभापति देउवा, पूर्वराजा ज्ञानेन्द्र र काँग्रेसका शिर्ष नेतागणद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौ चैत १८,  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ  ।  सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नु भएको हो ।   मिर्गौला र छातीको संक्रमणबाट पीडितपूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो ।

 नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उनको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ ।यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले नेता खड्काको निधनप्रति शोक व्यक्त गरेका छन् पूर्वराजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन खड्काको निवास सानेपामा पूर्वराजाको सन्देश लिएर गएका थिए ।   यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । नेता खड्काको आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।