बिहिबार, बैशाख १३, २०८१

साउन २७मा शताब्दीपुरुष जोशीलाई टोखामा नागरिक अभिनन्दन सहितको सम्मान गरिने

 काठमाडौ साउन २०,   मौलिक परम्परागत भाष कला र सस्कृतिको परिचायक बन्दै आएको टोखा क्षेत्र र यस र यस क्षेत्रको लोपोन्मुख संस्कृति सम्पदा संरक्षणमा प्रतिवद्ध रहदै आएको संस्था टोखा सस्कृति सम्पदा सरक्षण दबू र नेवाः गुथि नामक दुइ सस्था सयुक्तरुपमा क्रियाशील हुदै विगतमा ओझेलमा रहेको स्थानीय जात्रापर्व, कला संस्कृतिको प्रचार सहित आन्तरिक एवम् बाहे पर्यटन समेत प्रर्वद्धन गर्दै आइरहेका छन ।

यहि मेलोमेसोमा टोखा नगरपालिकाको नगरसभाको बैठकले एतिहासिक नगरी टोखालाइ सास्कृतिक संरक्षित क्षेत्र समेत घोषणा समेत गरिएको छ । यहि अवसरमा आज आयोजित पत्रकार सम्मेलन मार्फत टोखा सस्कृति सम्पदा सरक्षण दबू र नेवाः गुथिले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गर्ने जानकारी दिएको छ ।

शताब्दीपुरुष जोशीले मुलुकको संस्कृति तथा इतिहास संरक्षणको क्षेत्रमा जोशीले पु-याएको योगदानको कदरस्वरुप प्रस्तुत सम्मान गर्ने लागेको हो ।   आगामी साउन २७ गते सम्पन्न हुने उक्त नागरिक अभिनन्दन सहितको सम्मान कार्यक्रममा टोखाका विविध संस्कृति, बाजागाजा तथा वेषभूषासहितको झाँकीले शताब्दीपुरुष जोशीको स्वागत एवम् गरिने बताईएको छ

त्यस्तै पत्रकार सम्मेलनमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वरिष्ठ संस्कृतिविद् जोशीको अनुभव र अध्ययनलाई उपयोग गरिने जानकारी दिनुभएको थियो भने जाति तथा समुदायका संस्कृति र भाषाको विकास गरी तिनलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न शताब्दीपुरुष जोशीले निर्वाह गर्नुभएको भूमिकाको सम्मानमा नगरपालीको सहकार्यमा प्रस्तुत कार्यक्रम सञ्चालन हुने सस्थाका अध्यक्षद्दय मनिराम डंगोल देवराज डंगोलद्दारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।