शनिबार, बैशाख ८, २०८१

साउन महिना  र वोल वमको रौनकता(फोटो फिचर)

  • अनुप प्रधान

 काठमाडौं साउन २२ , साउन १२ महिनाहरू मध्यको एक महिना हो। साउन महिना महिना बर्षाऋतुको पहिलो महिना पनि  हो । त्यस्तै धार्मिक दृष्टिले समेत साउन आफैमा पवित्र महिना मानिन्छ। त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले साउन महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ । यसह प्रचलनका कारण साउन महिनामात्र नभएर विशेषत साउनको सोमवार    बिहानैदेखि विभिन्न शिवालय दृखि पशुपतिनाथ मन्दिरमा उने सोमवारको ब्रतालु भक्तजन र सुन्दरीजललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीको भीड लाग्ने गर्दछ । 

यसवीचमा साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा हुन्छ भन्ने शास्त्रीय मान्यता अनुसार बोलबम तिर्थालुहरु जल लिनका लागि साउने झरीको वेवास्ता गर्दै सुन्दरीजलसम्म पुगेर वोल वमको मन्त्रोउच्चारण गर्दै जल बोकेर कोही पैदल त कोही गाडीमा पशुपति आई जल चढाउँदै गरेको दृष्यले त झन साउन महिना अर्थात भगवान शिवको महिनालाइ थप उजागर गरेको पाइन्छ ।  अविवाहित महिलाहरुले ‘राम्रो वर पाउँ’ भनि र विवाहित महिलाहरुले ‘श्रीमानको आयू लामो होस’ भनि शिवको आराधना त्यस्तै भगवान शिवको आराधना एवं ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास वोकेको साउन महिनाको महत्व आफैमा महत्वपूर्ण रहदै आएको छ ।

Published on: Aug 7
तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।