शुक्रबार, बैशाख ७, २०८१

सांसद श्रेष्ठद्वारा स्थानीय पूर्वाधार बिकासका लागि बजेट विनियोजन

आगलागि घटनाका पिडित  स्थानियसँग छलफल

काठमाडौं फागुन २५ , काठमाडौं क्षेत्र नं .८ को स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिका वडा नं १५ स्थित डल्लु चौतारा, डल्लु ढुंगे धारा ,निपुहिति पार्क, डल्लु आवास ब्यायाम पार्क, सरस्वति मन्दिरको पार्क अन्नपुर्ण मन्दिर लगायतका थुप्रै संरचनाको निर्माण एवम पुर्न निर्माणका लागि आज स्थलगत अवलोकन भ्रमण गरिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्रन ८ बाट संघीय ससंदमा प्रतिनिधीत्व गर्ने संघीय ससंद सदस्य जीवनराम श्रेष्ठ सहितको स्थानीय जनसमुदायको उपस्थितिमा भएको उक्त अवलोकन भ्रमणको क्रममा सासंद श्रेष्ठले प्रस्तावित निर्माणकार्यका लागि स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट रु १ करोड १५ लाख बजेट बिनियोजित गरिएको जानकारी दिनु भएको छ ।

यसैवीच सासंद श्रेष्ठले आजै आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत रहेको कामपा २४ वडा मखनटोलस्थित गत फागुन २३ गते र्भको भिषण आगलागि घटनाका सवालमा स्थानिय र पिडितसँग छलफल गर्दै आफ्नो तर्फबाट हरसंभव सहयोग गर्ने बताउन्ु भएको छ । त्यस अवसरमा ग प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, कामपा २४ वडासमितिका सदस्य , जनसेवा कार्यालयका प्रमुख लगायत स्थानीय क्लवका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728