शुक्रबार, चैत्र १६, २०८०

सांसद श्रेष्ठद्दारा जितको शुभकामना सहित खेलाडीको बिदाइ

काठमाडौ चैत १८,  नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय ससंदका सदस्य जीवन राम श्रेष्ठले दक्षिण ट्रेगेरंग इन्डोनेसियामा  चैत १९ देखि २५ गतेसम्म सञ्चालन हुने   पम्बइगुन जय राय जुनियर ग्रेन्ड प्रिक्स– २०१८ प्रतियोगितामा  भाग लिन म्यानेजर बिनोद बस्नेत खेलाडी रुकेश महर्जनलाइ बिदाइ गर्नु भएको छ ।

विदाइ कार्यक्रमलाइ सम्बोधन गर्दै सासंसद श्रेष्ठले २० देखि २५ राष्ट्रको सहभागीता रहने उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुँने खेलाडीको स्तर सुधार्नको लागि मदत पुग्ने विस्वास व्यक्त गर्दै बिजयीको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष रामजी श्रेष्ठ मुख्य प्रशिक्षक सुदिप येन्जन नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिब सुजन लाल श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका कर्मचारी निरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।