शनिबार, बैशाख ८, २०८१

सांसद बस्नेतले भने- राष्ट्रियताको पक्षमा भएको ऐतिहासिक काममा अवरोध गर्ने घृणित कुचेष्ठा नगर्नु

रामचन्द्र प्रजापति,  काठमाडौ फागुन २६,  नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा डलरको खेती गर्ने मानवअधिकारीवादी तथा राष्ट्रको उलब्धी देख्न नसक्नेले सरकार र सिके राउतसँगको सम्झौताको विरोध गरेको बताउनुभएको छ ।
शनिवार नेपाल उद्योगी बाणिज्य महासंघले आयोजना गरेको छलफलका क्रममा संविधानत राष्ट्र, राष्ट्रियता, अखण्डता र स्वाधिनताको मूलधरमा ल्याउनु वर्तमान प्रधानमन्त्री केपी ओलीको ऐतिहासिक सफलता भएको बताउँदै सांसद बस्नेतले सिकेसँगको सरकारसँग भएको सम्झौता देशमा माओवादीसँगको शान्ति सम्झौता पछिको दोस्रो ठूलो उपलब्धी सिके राउतसँगको सम्झौता भएको बताउनुभयो ।

त्यस्तै सांसद बस्नेतले देशमा सिके राउतले पृथकतावादी आन्दोलन र विप्लप समूहले आतंककारी गतिविधि गरिरहेकोमा सिकेलाई राज्यको मूलधारमा ल्याउन सरकारले गरेको सम्झौताको विरोध गर्ने केही व्यक्ति वा संस्थाले आफुलाई भावुक र उग्रराष्ट्रवादीको रुपमा प्रस्तुत भई अनावश्यक एको भ टिप्पणी गर्दै भने ‘सक्नुहुन्छ भने संविधानत राष्ट्र, राष्ट्रियता, अखण्डता र राष्ट्रिय स्वाधिताको रक्षामा आवाज उठाउनुहोस्, काम गर्नुहोस्, यदि सक्नुहुन्न भने अरुले राष्ट्रियताको पक्षमा गरेका कामको समर्थन गर्नुहोस्, त्यति पनि सक्नु हुन्न भने चुप लागेर हेर्नुहोस्, वस्नुहोस्, अरुले गरेको ऐतिहासिक काममा अवरोध गर्ने घृणित कुचेष्ठा नगर्नुहोस् ।’

साथै उहाँले सिकेसँगैका २ नं। बुँदामा ‘जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेश लगायतका कतिपय ठाउँका मुद्धाहरु जनअभिमतका माध्यमबाट लोकतान्त्रीक पद्धतिबाट समस्या समाधान गर्ने’ भनि भएको सहमतिका सवालमा अनावश्यक रुपमा जनमत संग्रह गर्ने सहमति भयो भनि गर्नु हास्यास्पद भएको समेत बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधिनता, अखण्डताका पक्षमा रहेर लोकतान्त्रीक विधि अपनाइने भनि १ नं. बुँदामा नै उल्लेख भइसकेको बताउँदै उपलब्धी देख्न नसक्नेले अनावश्यक टिप्पणी गरेको बताउनुभयो ।  उहाँले सिके र सरकारबीच भएको २ नं. बुँदामा रहेको जनअभिमत भनेको नै चुनाव भएको बताउँदै जनताले दिएको मत नै स्पष्ट रुपमा जनमत भएको समेत बताउनुभयो ।

लामो समयसम्मको राजनीतिक लडाईको अन्त्य भएसँगै देशमा स्थीरता आएको बताउँदै सांसद बस्नेतले समृद्ध नेपाल र सुखी नेपाली बनाउन पक्ष वा विपक्ष नभई सवै नेपालीहरु एक ढिक्का भई अघि बढ्नपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तथा सार्क उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डी ढकाल तथा महासंघका अध्यक्ष भवानी राणाले सरकार र सिके राउतबीच भएको ऐतिहासिक सहमतिले आम नेपाली उद्योगी व्यवसायीको उन्नती र प्रगतिको ढोका मात्र नखोली उद्योगीहरुको भाग्य र भविष्यको निर्धारणको मूख्य आधार समेत तयार भएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।