बिहिबार, बैशाख १३, २०८१

सहायता कोषको लागि एनआरएनए स्कटल्याण्डको हिल वाक

काठमाडौ  चैत ३, एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आगामी मार्च २४ गते हिल वाक इभेन्ट आयोजना गर्न��� भएको छ।  हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन गर्ने र उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब साँढे दुई घण्टा लाग्ने अनुमान गरिएको छ। हिल वाक एक स्वस्थ इभेन्ट पनि रहेको र यस्ता स्वस्थ इभेन्टहरुबाट  सहभागीहरुको शारिरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने समेत अध्यक्ष कार्की बताउँछन्।

हिल वाकमा आधिकारिक मेडिकल स्वयम्सेवकहरु र अन्य स्वयमसेवकहरू समेत सहभागीहरूको सहयोग र सुरक्षाको लागि प्रबन्ध गरिएको इभेन्ट संयोजक राम बगालेले बताए।  उक्त हिडाईमा परिवार र बालबालिका सहितको सहभागिता रहने हुनाले सहभागीताको लागि स्कटल्याण्डको बिभिन्न स्थानबाट नेपालीहरुको सहभागिताको लागि अपेक्षा गरिए अनुसार सहभागी हुन आआफ़नो क्षेत्रका प्रतिनिधि मार्फत नाम दर्ता गराउने हरूको शंख्या उच्च रहेको तथ्य संस्थाका सचिव कृष्ण दाहालले बताए।

संस्थाका खेलकुद संयोजक उज्जवल कार्कीका अनुसार उक्त इभेन्टको लागि स्कटल्याण्डको एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, डनफर्मलिन र स्टरलिङमा स्थानीय सम्पर्क व्यक्तिहरु तोकिएको एनआरएनए स्कटल्याण्डले जनाएको छ । एनआरएनए  स्कटल्याण्डको यस्तो कार्यक्रम अत्यन्त राम्रो प्रकृतिको भएको र संस्थाले बेला बेलामा यस्ता कार्यक्रमहरू आयोजना गरिरहनु पर्ने संस्थाका सल्लाहकार डा. रामकुमार अधिकारीले बताए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।