बुधबार, बैशाख १२, २०८१

सहमति स्वागतयोग्य हुँदाको वावजुद पनि सरकारको रवैयाका आपत्तीजनक : नेता सिंह

काठमाडौ फागुन २५ , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार र सिके राउतबीच शुक्रवार भएको ११ बुँदे राजनीतिक सहमतिको स्वागतयोग्य हुँदाको वावजुद पनि सरकारको रवैयाका आपत्तीजनक भएको बताउँनु भएको छ ।

शनिबार काठमाडौंको भीमसेनगोलामा काठमाडौं नेश्नल स्कुलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले राम्रो काम गरेपनि राष्ट्रिय दलहरुलाई विश्वासमा लिन नसक्नु आफैमा दुखद भएको बताउँदै संसदीय अभ्यासविरुद्ध सरकार अघि बढ्न खोज्नु आफैमा शंदेहको विषय भएको उहाँको जिकिर रहेको थियो ।

त्यस्तै उहाँले सहमतिमा पत्रमा प्रयोग गरिएको शब्दका सवालमा नेकपाभित्रै एकमत नदेखिनु आफैमा आश्चर्यको विषय भएको जनाउ दिदै यसमा प्रतिपक्षीदललालइ पनि विस्वास लिएको भए राम्रो हुने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।