बिहिबार, चैत्र १५, २०८०

सहकारी क्षेत्रमा विद्यमान समस्या निराकरणका लागि सहकार्य गर्न प्रतिवद्ध छु : प्रदेससभा सदस्य शाक्य

मण्ड: बचत तथा ऋण सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं पुस २२ , कामपा वडा १९ ढोकाटोलस्थित मण्ड: बचत तथा ऋण सहकारी संस्थाले एक विशेष कार्यक्रमकावीच आज आफ्नो १० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।    संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा एवम् संस्थाका उपाध्यक्ष दिनेस ताम्राकारको स्वागत अभिव्यक्तिबाट सुभारम्भ भएको उक्त साधारण सभाको काठमाडौं निर्वाचन क्षेत्र न ८ प्रदेससभाका नवनिर्वाचित सदस्य राजेश शाक्यले उद्घाटन गर्दै टोल-टोलमा सहकारी घरघरमा रोजगारीको अवधारणा नारामा मात्र सिमित नराखी व्यवाहारमा कार्यान्वयन गर्नु जरुरी रहेको बताउँदै सहकारी क्षेत्रमा विद्यमान समस्या निराकरणका लागि आफ्नो तर्फबाट सहकार्य सहितको भूमिका निर्वाह गर्न तयार रहेको बताउँनु भएको छ ।

कार्यक्रममा कामपा वडा न १९का अध्यक्ष शशिलाल श्रेष्ठ,  पत्रकार श्रीजन झा लगायतका वक्ताले संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना अभिव्यक्ति दिनु भएको थियो ।

त्यस्तै विगतमा कुसल संयोजनको अभावमा निकै ओरालो लागेको प्रस्तुत सहकारीको यस वर्ष ३ लाख ९४ हजार ५ २० रुपैया मुनाफा आर्जन गरेको छ भने शेयेर रकमबाट २८ लाख १ हजार ९ सय आर्जन गरेको छ । त्यस्तै संस्थाको बचत निक्षेप तर्फ २, ४४,१५ ६,८४ रहेका छ भने ऋण प्रवाह तर्फ १,९६, ७७ ,७४९ रुपैया रहेको जानकारी संस्थाका आर्थिक सल्लाहकार बालमुकन्द मुल्मीले दिनु भएको छ।
। कार्यक्रममा आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी गर्दै गरेको जानकारी दिदै संस्थाका अध्यक्ष जगदिश्वर शाहीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यष प्रवीन महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।