शनिबार, बैशाख ८, २०८१

सहकारी क्षेत्रमा विद्यमानअवसर र चुनौतीलाइ सहजीकरण गर्ने सासंद श्रेष्ठको प्रतिवद्धता

विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्थाको १०औ वार्षिक साधारण सम्पन्न

काठमाडौं पुस ८, विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आफ्नो १०औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष वाल मुकन्द मुल्मीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको उद्घाटन
काठमार्डौ निर्वाचन क्षेत्र न. ८ बाट प्रतिनिधीसभाका लागि नवनिर्वाचित सांसद जीवनराम श्रेष्ठले गर्नु भएको थियो ।

संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्ररत्न बज्राचार्यको स्वागत अभिव्यक्तिबाट सभारम्भ भएको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी सासंद श्रेष्ठले कुनैपनि सैस्था खोल्नु भन्दा पनि त्यस संस्थाको निरन्तरता आफैमा महत्वपूर्ण पक्ष भएको बताउदै विजेश्वरी सहकारीले आज स्थापनाकालको एक दशक पुरा गर्नु भनेको सहकारी प्रति जनताको बढ्दो विस्वासको आधारस्तमभ भएको बताउँनु भएको छ ।

तयस्तै उहाँले मुलुकको समृद्धिको लागि अर्थतन्त्र मजवुट हनुपर्नेमा जोड दिदै यसको लागि सहकारी क्षेत्रलाइ राज्यले आफ्नो दायित्वकोरुपमा ग्रहण गर्दै पूर्वाधार विकासको लागि विशेष ध्यान दिनु पर्ने आवश्यकता समेत औल्याउँनु भएको छ । टोल-टोलमा सहकारी घरघरमा रोजगारी भन्ने मुल नाराका साथ एमालेले तत्कालीन रुपमा सुरु गरेको सहकारी अभियानलाइ राज्यले  आफ्नो अर्थतन्त्रको सवलीकरणको लागि ३ खम्वे नितीको रुपमा अख्तियार गरेको बताउँदै उहाँले सहकारी क्षेत्रमा विद्यमान यावत अवसर र चुनौतीलाइ सहजीकरण गर्नका लागि अवका दिनमा आफ्नो तर्फबाट आवश्यक मूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सहकारीकर्मी संग  सहकार्य गर्न आफु उत्सुक रहेको बताउँनु भएको छ ।

कामपा वडा न. १५ वडाध्यक्ष इश्वरमान डंगोल लगायतका वक्ताहरुले  शुभकामनाअभिव्यक्ति दिनु भएको उक्त  कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकन्द मुल्मीले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने  कोषाध्यक्ष दुर्गामान महर्जनले कोषाध्षक्षको प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको थियो ।   कार्यक्रम संस्थाका सचिव माणिकरत्न शाक्यले सञ्चालन गर्नु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।