शुक्रबार, बैशाख ७, २०८१

सहकारी अनुगमन समिति बनाउनु पर्नेमा भक्तपुर जिसस प्रमुख गेलालको जोड

भक्तपुर पुस १३ /राम चन्द्र प्रजापति , जिल्ला सहकारी संघ लि। भक्तपुरको २० औं बार्षिक साधारणसभा एक कार्यक्रमकावीच आज सम्पन्न भएको छ ।

संघका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाका प्रमुख अतिथी जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले कार्यक्रमको शुभारम्भ सत्रलाइ सम्बोधन गर्दै संविधानले ७७ वटै जिल्ला समन्वय समितिलाई चिनेपनि संघीय सभा,प्रदेश सभा र स्थानीय तहले नचिनेको दुखेसो व्यक्त गर्नु भएको छ

त्यस्तै उहाँले मान्छे विज्ञ बन्न सक्छ,सर्वविज्ञ बन्न नसक्ने हुनाले एक्लै केही गर्न नसकिने सबै मिलेर अगाडि बढनु पर्ने बताउँदै जिल्लामा रहेका सहकारी व्यवस्थापन गर्न जिल्ला समन्वय समितिको प्रमुखले जिल्ला संघका पदाधिकारी लगायतका सम्वद्ध सवैसंग तत्काल अन्तरक्रियाको आयोजना गर्दै सहकारी अनुगमन समिति बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रमका सभापति महेश श्रेष्ठले नेपालकै पहिलो जिल्ला संघ भएपनि सघ आफैमा धनी छोराछोरीका गरिव अभिभावक भएको वेदना पोख्दै सघको वस्तुस्थिती प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा  संघका सल्लाहकार एवं वरिष्ठ सहकारी विज्ञ नेफ्स्कुनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग,संघका उपाध्यक्ष केदार खड्का, राष्ट्रिय सहकारी बैकका सञ्चालक सदस्य सरिता भट्टराई ,दुग्ध उत्पादक सहकारी संघका भक्तपुरका अध्यक्ष हरि नेपाल, संघका सञ्चालक सदस्यद्वय बाल मुकुन्द सुवाल,सावित्री धौवडेल लगायतले संघको २०औ वार्षिक सधारणसभा सफलताको शुभकामना मन्तव्य अभिव्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष महेश श्रेष्ठले आर्थिक वर्ष २०७४/०७५ को बार्षिक प्रगति प्रतिवेदन त्यस्तैगरि लेखा समिति संयोजक सविता खत्रीले प्रस्तुत गरेको आ।व २०७५/०७६ को अनुमानित आय व्यय विवरण उपर छलफल पछि पारित गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु