शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्चद्दारा विशिष्ट व्यक्तिको आवागमन हुँदा नागरिकको सडक यात्रामा रोक लगाउनुको कारण माग

काठमाडौ माघ २४ , सर्वोच्च अदालतले राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्तिको आवागमन हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सरकारका नाममा मंगलवार आदेश गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले जारी गरेको उक्त आदेशमा विशिष्ट व्यक्तिको सवारी हुँदा  सडक यात्रुलाइ किन  रोक्नुपरेको भन्ने प्रष्टिकरण सहित १५ दिनभित्र लिखित कारण पेश गर्न भनेको छ ।

अधिवक्ता ज्ञानेश्वर कोइरालाले गत माघ १९ गते विशिष्ट व्यक्तिको आवागमनको नाममा सडक यात्रुलाइ यात्रमा रोक लगाउँदा संविधान प्रदत नागरिक अधिकारको हनन भएको जिकिर सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराईएको थियो ।
तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।