मङ्लबार, बैशाख ११, २०८१

सर्वोच्चको आदेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत : महास‌ंघ

सर्वोच्चलाइ आफ्नो आदेश सच्याउन आग्रह 

काठमाडौ फागुन १६, नेपाल पत्रकार महास‌ंघले कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि सर्वोच्च अदालतले दिएको आदेश सच्याउन आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले बुधबार जारी विज्ञप्तिमा उक्त आदेश संविधानको मूल मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत रहेको ठहर गर्दै लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीले अदालतको अवहेलना हुन नसक्ने  महासंघको प्रष्ट धारणा रहेको जिकिर गरिएको छ ।

 त्यूतै विज्ञप्तिमा सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशनरप्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ महासंघलाई मान्य हुन नसक्ने भन्दै बन्देजका विरुद्ध महासंघ सधैं दृढताका साथ उभिनुको अलावा पत्रकारको पेसागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र सञ्चारमाध्यमको आचारसंहिता पालनाप्रति सबै सञ्चारमाध्यमको सजगता र प्रतिबद्धताप्रति विश्वस्त रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।