मङ्लबार, बैशाख ४, २०८१

सर्वोच्चको आदेशानुसार दुईवटा मतपत्र छाप्ने आयोगको निर्णय

काठमाडौं कात्तिक १२, निर्वाचन आयोगले प्रदेश र प्रतिनिधीसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै बनाउने निर्णय गरेको छ । यसअघि एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारीमा रहेको   आयोगले सर्वोच्च अदालतको आदेशपछि

आयोगका पदाधिकारीहरुको आज बसेको वैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग-अलग मतपत्र छाप्ने निर्णय गरेको हो । आयोगका प्रमुख अयोधिप्रसाद यादवले अदालतको मर्म र भावनालाई बुझेर मतपत्र दुईवटा छाप्ने निर्णय गरेको बताउँनु भएको छ । साथै बैठकको निर्ण अनुरुप अदालतले मागेको जवाफ सोमवार पठाउने तयारी रहेको जनाएको छ ।