मङ्लबार, बैशाख ११, २०८१

सर्वोच्चको आदेशसंगै अपाङ्गता भएका व्यक्तिलाई पनि सगरमाथा आरोहण गर्न बाटो खुल्यो

  काठमाडौं असार १४ , नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् हाम्राकुरा डटकमका कार्यकारी सम्पादक माधवप्रसाद चम्लागाईंका तर्फबाट संविधानविद तथा बरिष्ठ अधिबक्ता रेवत प्रसाद खरेलले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै गत फागुन १४ गते रिट निवेदन को सुनवाइ गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले बुधवार  गरेको सुनवाइमा असमान र विभेकारी कानुनका कारण विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्नबाट बन्चित गरिएको दफगत व्यवस्थाको खारेजी सहित  अपाङ्गता भएका व्यक्तिले अब आरोहण गर्न पाउने फैसला गरेको हो ।

 नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानूनको प्रयोगमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था हनन भएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा व्यवस्थाअनुसार बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको, अपाङ्गता भएका व्यक्तिको आत्म सम्मानमा चोट पुगेको, संविधानको धारा, ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको भन्ने भावनाको सम्मान गर्दै सर्वोच्चले पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ को उपनियम २ ९क० थप गरी दुवै हात वा दुवै खुट्टा नभएको वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने गरी भएको नियमावली संशोधन तत्काललाई कार्यान्वयन नगर्नु र नगराउनु भनी नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।