शुक्रबार, चैत्र १६, २०८०

सरगरमाथा म्युजिक अवार्डका प्रतिस्पर्धीलाइ नोमिनेसन प्रमाणपत्र

 काठमाडौ असोज २६ , ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथ्यतामा प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ ।

आगामी मंसिर ३ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने अवार्ड ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुन प्रतिस्पधामा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । त्यस्तै मौलिक गितहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केहि विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

यसैवीच कार्र्यक्रममा सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनुको अलावा नेपाली कला पत्रकारिता क्षेत्रमा सक्रिय ७ जना पत्रकारहरु क्रमस श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेललाई सम्मान गरिने भएको छ ।

कार्यक्रममा वरिष्ठ गायक शिवराज जोशी, गायक सिताराम पोखरेल, गितकार तथा वरिष्ठ पत्रकार शान्तिप्रिय, गितकार तथा पत्रकार पुरुषोत्तम बस्नेत र गायिका सिन्धु मल्ल अतिथि रहेका थिए । कार्यक्रममा नोमिनेसनमा परेका सबै कलाकारहरुको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।