मङ्लबार, बैशाख ४, २०८१

सरकार र राउतवीचको सहमति चौतर्फी विवादास्पद

काठमाडौं फागुन २६,  स्वतन्त्र मधेशको नाममा नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्दै मुलुकको सार्वभौमसत्ता माथि प्रहार गर्दै राज्यद्रोह गरेको आरोपमा पटक पटक राज्यले पक्राउ गर्दै मुद्धा चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त उर्फ सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिको सवालमा अहिले चौतर्फी क्रियाप्रतिक्रिया आउँन थालेका छन ।

प्रस्तुत सहमतिका विषयमा विपक्षीदल राजनैतिक विश्लेषक मात्र नभएर सत्तारुढ दल नेकपाभित्र तीव्र असन्तोष देखिएको छ । सत्तारुढ दलका उच्चस्तरका नेताहरुलेनै सम्झौतामा प्रयोग गरिएको भाषा र राउतले सार्वजनिक मञ्जबाट दिएको अभिव्यक्तिसंगै आफ्नो सामाजीक सञ्जाल पेजमा  राउतले सरकार जनमतसंग्रह गराउन तयार रहेको दाबी पोष्ट गर्दै दिएको अभिव्यक्तिप्रति उहाँहरुले विमति प्रकट गर्दै तत्काल सम्झौता सच्चाउँन समेत माग गरेका छन ।

यसक्रममा पार्टी प्रवक्ता समेत रहेका नारयणकाजी श्रेष्ठ, नेता वामदेव गौतम, भिम रावल लगायतका नेताले त खुलेरै सहमति हुने विषयमा नेकपाका एकाध नेताबाहेक कसैलाई पनि थाहा नदिनु राउत जेलबाट रिहा भएको भोलिपल्टै सरकारले उनीसँग ११ बुँदे सहमति गर्नु अनि सहमतिपत्रमा प्रयोग गरिएका शब्दआफैमा दोहरो अर्थ को हुनु जस्ता विषयलाइ लिएर सहमतिले मुलुकको अस्मितामाथि प्रहार गर्ने बताउँदै नियोजित परिपञ्च सहित सहमति भएको जिकिर सहति चेतावनीको भाषामा सरकार लक्षित प्रतिक्रिया जनाउले समस्याको गहिराइ आफैमा प्रष्ट भएको छ ।

जसकार कारण नेकपा स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री भीम रावलले सरकार र राउतबीच भएको सहमतिलाई त्रुटिपूर्ण भन्दै त्यसलाई कुनैपनि हालतमा मान्न नसकिने बताउँदै संविधानसभामा स्वतन्त्र मधेसको विषय उठान हुँदा बारम्बार अस्वीकार गरेको सरकारले अहिले कसको स्वार्थमा त्यही मुद्दालाई स्थापित गर्न खोज्यो भन्दै प्रश्न समेत गरेका छन ।

यसरी सहमतिलाइ सत्तारुढदलका नेताहरुले नै हार्दिकता पूर्व लिन नसकेको अवस्थामा आम सर्व साधारणले कसरी सहज रुपमा लिन सक्छ यसतर्फ वेलैमा सचेत हुन आवश्यक रहेको छ । जुन सहमतिले राष्ट्रलाइ नोक्सानी गर्छ भने त्यस्तो सहमति नेपाली जनताले किमार्थ स्वीकार गर्न सक्दैन र भन्ने तर्फ सरकारलाइ चेतना हुनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ । साथै सहमतिलाइ लिएर चौतर्फी सशंय अभिव्यक्त भइरहेको अवस्थामा सरकारले यसको प्रष्टिकरण दिनुपर्छ भन्ने जनजनको धारणा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728