मङ्लबार, बैशाख ४, २०८१

सरकार र राउतबीच ११ बुँदे सहमति सभालाइ सम्बोधन गर्दै कसले के भने ?

मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखन्डता अविभाज्य रहेको जनाउ दिदै प्रम ओलीले भने राउतको नाममा रोटी सेक्ने समूहहरुको रोटी अव कहिल्यै नपाक्ने

आफूले सुरु गरेको आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेकोमा प्रम ओलीलाइ धन्यवाद :  राउत

काठमाडौं फागुन २४ , स्वतन्त्र मधेशको नाममा नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्दै मुलुकको सार्वभौमसत्ता माथि प्रहार गर्दै राज्यद्रोह गरेको आरोपमा पटक पटक राज्यले पक्राउ गर्दै मुद्धा चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त उर्फ सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ ।  सहमति घोषणा सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखन्डता अविभाज्य रहेको राजपा का साससद रेशम चौधरीको प्रसंगमा लक्षित गर्दै अदालतको फैसलाबारे सरकार बोल्न नमिल्‍ने बताएका छन्।

स्मरण रहोस राजपाले आफ्ना पाटीैका नेता रेशम चौधरीलाइ अदालतले जन्मकैदको फैसला गरेको सवालमा सरकारले कुनै सहयोग नगरेको भन्दै राजपाले सरकारलाइ दिदै आएको समर्थन फिर्ता गरेका छन ।

साथै प्रम ओलीले सरकारले राज्‍यको अंगमाथि हस्तक्षेप गर्न नमिल्‍ने बताउँदै सरकारले स्वतन्त्र अदालतलाइ निर्देशन दिन नमिल्ने बताए । साथै उहाँले सीके राउतको नाममा आजको यस सहमतिसंगै आफ्नो राजनैतिक अभिष्टका लागि राउतको नाममा रोटी सेक्दै आएका समुहको विल्लिवाँथ भएको बताउँदै भने राउतको नाममा रोटी सेक्ने समूहहरुको रोटी अव कहिल्यै नपाक्ने भए काँच्योको काँच्चै हुने बताए ।

त्यस्तै स्वतन्त्र राजनितिमा आएका चन्द्रकान्त उर्फ सिके राउतले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै आफूले सुरु गरेको आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेको भन्दै शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा पनि राज्यले दमन गरेको त्यो  दमनका कारणनै  आज   र   सरकार र जनता सबैको जित भएको  जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।