बिहिबार, बैशाख १३, २०८१

सरकार नितिगत अराजकता सहित सत्ताको उन्मादमा अहंकार तर्फ अघि बढेको नेता सिटौलाको आरोप

 काठमाडौं जेठ १२, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको हरेक संरचनामा अहिले नितिगत अराजकता बढ्दो रहेको बताउँनु भएको छ ।   नेता सिटौलाले  शनिबार विहान विभिन्न सञ्चारमाध्यम आवद्ध पत्रकारहरुसँगको अन्तक्रियाको क्रममा प्रस्तुत अभिव्यक्ति दिदै सत्ताधारी दलले प्रतिपक्षीदलको उपस्थितलाइ अवमुल्यण गर्नु भनेको अहंकार र सत्ताको उन्माद भएको बताउँनु भएको छ ।

 काँग्रेस पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले प्रधानमन्त्री ओलीले पतिपक्षदल काँग्रेसलाइ लक्षित गर्दै दिनु भएको अभिव्यक्ति प्रति लक्षित गर्दै सत्ताधारी दलमा यस्तो सत्ता उन्माद देखिनु भनेको पतनउन्मुख र अहंकारको धोतक रहेको बताउँनु भएको हो ।  त्यस्तै उहाँले सरकार सत्ताको उन्मादमा अहंकार तर्फ अघि बढेको देखिंदैछ, उन्माद र अहंकारले पतनको बाटो तर्फ धकेल्छ, पतनको बाटो जाने कि सम्हालिने हो विचार गर्नु समेत चेतावनी समेत दिनु भएको छ ।

कुराकानीको क्रममा नेता सिटौलाले भने एकातर्फ राज्य पक्षको बढ्दो नीतिगत अराजकता अर्को तर्फ नेकपाका विप्लवको आतंकका कारण राज्यमा अर्को द्वन्द सिर्जना हुने संभावन प्रवल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै पस्थिती यहि ढंगले बढे फेरि जनताले अनेकन समस्याको सामना गर्नु पर्ने जिकिर गर्नु भएको छ ।

त्यस्तै नेता सिटौलाले कांग्रेसमा स्वाभिमानीहरुको जमात घट्दैजानु र चाकडीबाजहरुको प्रभाव बढ्दै जानु शुभसंकेत नभएको भन्दै पछिल्लो समयमा काँग्रेस भित्र मौलाउँदै आएको सामन्ती शैलीका कारण काँग्रेसले निर्वाचनमा अप्रत्यासित पराजय कोको समना गर्नु परेको तर्क गर्दै अवका दिनमा काँग्रेवृतमा मौलाउँदो चाकडीप्रथाको समुल नष्ट गर्नुको विकल्पनभएको बताउँदै प्रजातन्त्र र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रेसजगतले सत्ताधारीदलको मात्र गुणगान नगरी स्वतन्त्र प्रेसले स्वतन्त्ररुपमा प्रतिपक्षदलको भावना समेतलाइ प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । यसवीचमा उहाँले सञ्चारकर्मीहरुले दिनु भएको सुझावलाइ आफ्नो तर्फबाट कार्यान्वयन गर्नेतर्फ पहलकदमी लिने प्रतिवद्धता समेत अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।