शुक्रबार, बैशाख १४, २०८१

सरकार अधिनायकवादतर्फ उन्मुख भएको सभापति देउवाको आरोप

काठमाडौं मंसिर ४, नेपाली कांग्रेस महासमिति बैठकको राजनीतिक मस्यौदा सुझाव संकलन कार्यक्रमको मंगलबार विराटनगरमा उद्घाटन गदै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले आफ्ना नेता बिपी कोइराला र गिरिजाप्रसादको कर्मथलो विराटनगरबाटै अवका दिनमा बजारमा हल्ला चले जस्तो काङ्ग्रेसभित्र गुटउपगुट रहन नदिनने उद्घोष गर्दै पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको बताउँनु भएको छ । साथै सभापति देउवाले सरकारको अधिनायकवाद विरुद्धको लर्डा लड्ने दिन नगिचिदै गरेको भन्दै आफ्ना कार्यकर्तालाए सजग र तयारी अवस्थामा रहन समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा कांग्रेस नेता डा। शेखर कोइराला , डा ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलालगातले काङ्ग्रेसको भावि भूमिकाको सवालमा आफ्नो अभिव्यक्ति राख्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।