मङ्लबार, बैशाख ४, २०८१

सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको नेता सिंहको जिकिर

काठमाडौ कार्तिक १९,  नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् संघीय संसदका सदस्य प्रकाशमान सिंहले मुलुकमा केपी ओली नेतृत्वको दुइ तिहाइ प्राप्त नेकपाको सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको बताउँनु भएको छ । 

त्यस्तै उहाँले सरकारले चुनावको समयमा दिएको समृद्धि एवम् अमनचयन लगायतका नारा लाइ पूर्णता दिने कुनै काम नगरेको बताउँदै कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको हत्यारालाइ सार्वजनिक गर्न नसक्नुनै राज्य जनताको जिउधनको सुरक्षा प्रति चिन्तित नभएको प्रमाण भएको समेत जिकिर गर्नुभएको छ ।

काठमाडौं काँग्रेस कामपा १५ वडा समिति द्दारा आज बडादशैँ, तिहार, नेपाल संवत्, छठ पर्वका अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै नेता सिंहले यस्तो अभिव्यक्ति दिनु भएको हो । त्यस अवसरमा उहाँले मुलुकको पछिल्लो घटनाक्रमलाइ हेर्ने हो भने जनताले राज्यको उपस्थित अनुभुत गर्न नपाएको समेत बताउँनु भएको छ ।

त्यस्तै काठमाडौ काँग्रेसका सभापति सबुज वाँनिया, इकाइ सभापति राजु खरेल लगायतले शुभकामना अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा पूर्व रक्षा मन्त्री एवम् संघीय संसद सदस्य भिमसेनदास प्रधान ,काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशी ,नेता राजुराज जोशी , काठमाडौ काँग्रेस क्षेत्र न. ८का सचिव राजेश श्रेष्ठ लगायत पार्टीका विभिन्न तह र तप्काका नेता, कार्यकर्ता एवम् स्थानीय वडावासीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।