शुक्रबार, बैशाख ७, २०८१

 सरकारको पूर्वाग्रही निर्णय विरुद्ध प्रतिपक्षीदल काँग्रेस आन्दोलित प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखद्दारा सरकारको ध्यानाकर्षण

कांग्रेसका नेताहरुको नाममा स्थापना भएका सबै संरचना खारेज गर्ने हो भने विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको विपी राजमार्ग खारेज गरेर देखाउन सरकारलाई चुनौती

काठमाडौ माघ ७,  प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना नेताका नाममा स्थापना भएका अस्पतालको बारेमा निर्णय गर्न सरकारले पूर्वाग्रह राखेकोमा आपत्ति प्रकट गर्दै आजको बैठक अवरुद्ध गरेका छन । काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पतालको विषयमा निर्णय गरे पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकामा विमति प्रकट गर्दै  बैठक अवरुद्ध गरेका हो ।  सम्बोधनको क्रममा नेता काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसका नेताहरुको नाममा स्थापना भएका सबै संरचना खारेज गर्ने हो भने विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको विपी राजमार्ग खारेज गरेर देखाउन सरकारलाई चुनौती समेत दिएका छन् ।

प्रतिपक्षीदलको अवरोधका कारण बैठक चल्न नसक्ने भए पछि सभामुख सभामुख कृष्णबहादुर महराले  बैठक स्थगन भएको घोषणा गर्नु भएको थियो ।  यद्यपी आज अपरान्ह बसेको दोस्रो बैठका पनि काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गर्नुभए पनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनायो । त्यसलगत्तै मुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिनुभएको थियो ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो ।

यसैवीच आजै बसेको राष्ट्रियसभाको आजको बैठकमा पनि प्रतिपक्षीदल काँग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति प्रकट गर्दै बैठक अवरुद्ध गरेसंगै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिदै नौ वटा अस्पताललाई सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिदै गर्दा बैठकमा झान आक्रमण स्थिती सिर्जना भएको थिउो राज्यमन्त्रीको प्रस्तुत भनाइसंगै   काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न ९ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नगरेको भन्दै बैठक चल्न नसक्ने बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु