बुधबार, बैशाख १२, २०८१

सरकारको ध्यानाकर्षण सहित जवाफ माग गर्दै काँग्रेसद्दारा संसद बैठक अवरुद्ध

काठमाडौ भाद्र २८ , प्रतिनिधिसभाको आजको बैठकक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गरेका छन ।

काँग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतको रिहाको सवालमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरी बैठक अवरुद्ध गरेको हो ।

बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले प्रस्तत तिन सवालमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको तर्फबाट जवाफ नआएसम्म बैठक सञ्चालन हुन नसक्ने बताएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो आसन छोडेका थिए । यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गर्नुभएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको तर्फबाट जवाफ आउनेमा आफु विश्वस्त रहेको बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।