शनिबार, बैशाख ८, २०८१

सरकारको गैरजवाफदेही क्रियाकलापप्रति काँग्रेसले गर्यो खेद प्रकट

  काठमाडौ साउन ३ नेपाली काँग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ एक विज्ञप्ति जारी गर्दै समग्र चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको जनाउ सहित यसवीचमा संसद् बैठक ८ दिन पर सारिएको विषयलाई काँग्रेसले गम्भीर रुपमा लिइएको जनाउँदै सरकारको गैरजवाफदेही क्रियाकलापप्रति खेद प्रकट गरिएको छ । 

  त्यस्तै विज्ञप्तिमा डाकेसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको सम्पत्तिमा क्षति पु¥याउने जस्ता सरकारको दमनकारी कार्यको भत्र्सना गर्दै नेपाली कांग्रेसले प्रहरीको आक्रमक घटनामापरि घाइते भएका चिकित्सक, नर्स, विद्यार्थी लगायत सवै  घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै प्रतिनिधिसभा बैठक स्थगित गर्ने सरकारको गैरजवाफदेही क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौँ । समाधानको खोजी गर्ने थलो संसद्लाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ विज्ञप्तिमा भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।