शुक्रबार, बैशाख १४, २०८१

सरकारको कार्यशैली प्रति राप्रपा (प्रजातान्त्रिक)को गम्भीर आपत्ति

 काठमाडौ साउन ६,   राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा हटाउन माग गर्दै सरकारले सुरु गरेका जनआकांक्षा विपरीत सरकार लगायत सम्पूर्ण राज्य सत्तालाई नै अधिनायकवादतर्फ उन्मुख गराउने जुन कार्यशैली र प्रक्रिया आरम्भ भएको छ त्यसप्रति राप्रपा (प्रजातान्त्रिक) गम्भीर आपत्ति प्रकट गरेको छ ।

 त्यस्तै विज्ञप्तिमा पैतृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुवै पक्षले थैलीको १२.५ प्रतिशत राजीनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण जनता ठूलो मर्का परेको र संविधानले परिकल्पना गरेको राज्य व्यवस्थातर्फ सरकार उन्मुख हुनुको बदला अत्याचारपूर्वक तवरले तीनै तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरीत करको दर र दायरा वृद्धि गरिएको । राजस्वको लक्ष्य पूरा गर्ने नाममा उपभोक्तालाई चेपुवामा पारिएको छ ।

आधुनिक युगको अत्यावश्यक सुविधा इन्टरनेटमा १३ प्रतिशत कर बढाइएको छ । जन्म दर्ता र मृत्यु दर्ता शूल्क रु १० बाट रु १००० बृद्धि गरिनु जस्ता मात्र नभएर आकासिँदै गएको महँगी तथा खाद्य पदार्थको भाउ बढेकामा उहाँले चिन्ता व्यक्त गर्दै सरकारले कालोबजारियालाई नियन्त्रण गर्न नसकेकाले जनता समस्यामा परेको जिकिर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा दुई तिहाईको दम्भ पालेर हामीले गर्दैमा जे पनि हुनसक्छ भन्ने धारणाद्वारा वर्तमान सरकार अभिप्रेरित छ । राष्ट्रपति पद्धतिको विषयमा संविधान संशोधनको प्रश्न उठाएर सत्ताधारी पार्टी संसदीय प्रणालीकै विरुद्धमा, आफूले शपथ ग्रहण गरेको संविधानको चिरहरण गर्ने कामको आरम्भमा लागेको आभाष भएको जनाउँदै राप्रपा (प्रजातान्त्रिक) कर वृद्धिका कदमहरु अविलम्ब फिर्ता गर्दै जनतालाई महंगीको मारबाट बचाउन राहतका कार्यक्रम तत्काल सञ्चालन सरकारलाई सचेत गराएको छ । साथै चिकित्सा स्वास्थ्य सेवा सुधारका लागि डा. गोविन्द केसीले उठाएका सवालमा पनि सरकारले गम्भीर भएर अविलम्ब समाधान गरोस् भन्दै सरकारको ध्यानाकर्षण गर्दछौं । सरकारले जुम्ला अस्पताल परिसरभित्र प्रवेश गरेर बर्बरतापूर्वक गरेको दमन निन्दनीय रहेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Published on: Jul 22, 2018