शनिबार, बैशाख ८, २०८१

सरकारको अराजकता रअधिनायकवादी चरित्रविरुद्ध काँग्रेसद्दारा आन्दोलनको उद्घोष

जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने  प्रम ओलीलाई   पूर्व प्रम देउवाको चेतावनी

काठमाडौ साउन १ , साउन नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध आगामी साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ ।  काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज जारी गर्नु भएको विज्ञप्तिमा  उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाईलाई समेत सहभागी हुन आह्वान गर्नुभएको उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा सरकार मनोमानी ढंगबाट सञ्चालन गर्न उद्यत रहेको उल्लेख गर्दै सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन गर्दै सरकारले अराजकता  र अधिनायकवादको चरम उदाहरण प्रस्तुत गरेको आरोप लगाईएको छ । 

काँग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री केपी ओलीवीच भएको छलफलमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई डा गोविन्द केसीको स्वास्थ्य स्थिति थप गम्भीर बन्न ध्यानाकर्षण गराउँदै वार्ताको माध्यमबाट माग पूरा गरी उहाँको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको भन्दै प्रधानमन्त्रीलाई सचेत गराउनु भएको थियो । 

त्यस्तै सभापति देउवाले डा केसीको मागलाई सुनुवाई गरेर माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु समाधानको उपाय भएको भन्दै यदि सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नु पर्ने प्रष्ट चेतावनी समेत दिनु भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महामन्त्री डा कोइरालाले जारी गर्नु भएको विज्ञप्ति जस्ताको त्यस्तै :  संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट संचालन गर्न उद्दत छन् ।

संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनु पर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरिएको छ । संघीय व्यवस्थाको भावना विपरित अधिकारहरुको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा ���िकायहरुलाई व्यवसायीक रुपमा संचालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएका छन् ।

नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानूनी तरिकाबाट खारेज गर्ने, तत्कालीन सरकारले सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५०००।– जिविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितहरुलाई थप एक लाख राहत दिने निर्णयहरुलाई खारेज गर्ने यो सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी छ । तत्कालीन सरकारले अध्यादेश मार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयक उल्ट्याउने निर्णय, डा।गोविन्द केसीको अनशन र आन्दोलनबाट श्रृजित परिस्थितिलाई पनि पार्टीले गम्भीरताका साथ लिएको छ । उक्त अध्यादेशको हुवहु विधेयक आउनु पर्ने हाम्रो दृढ मत रहेको छ ।

मुल्यवृद्धि अकाशिदो छ । तर, प्रधानमन्त्री यस विषयलाई गम्भीरताका साथ लिनुको सट्टा गैरजिम्मेवार तरिकाबाट प्रस्तुत हुनु भएको छ । स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुले कानून मान्दै आफ्ना क्रियाकलापहरुलाई अगाडि वढाउने स्वतन्त्रतामाथि वन्देज लगाउदै जाने, वाढी पहिरोबाट पीडित जनताका आवश्यकता र समस्याहरुप्रति उदासिनताका साथ प्रस्तुत हुने र समग्रमा केन्द्र एवं प्रदेश सरकारमा भएकाहरुको अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध आगामी श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्न जिल्ला समितिहरुलाई निर्देश गर्दै जिल्लाका भातृ एवं शुभेच्छुक संस्था, क्षेत्र, गाउँ/नगर इकाईहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीच पु-याउँदै उक्त विरोध प्रर्दशनमा सहभागी गराउन समेत नेपाली कांग्रेसले निर्देश गरेको छ ।

यसैवीच काँग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन ३ गतेदेखि काँग्रेसले आन्दोलनको उद्घोष गरेको छ ।  काँग्रेस उपसभापति  निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको जनविरोधी क्रियाकलापको निन्दा र भत्र्सना गर्दै त्यसविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो ।

 काँग्रेसले आन्दोलनका कार्यक्रम अन्र्तगत साउन ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै विज्ञप्तिमा , साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन र त्यस्तैगरि साउन ८ गते काँग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन निर्णय गरेको छ । बैठकमा काँग्रेसका महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियारलगायतका नेताहरुको उपस्थिति रहेका थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।