बुधबार, बैशाख १२, २०८१

सम्पर्कविहीन पत्रकार खड्काको अवस्था पत्ता लगाउन माग

 काठमाडौ भाद्र १३,  नेपाल पत्रकार महासङ्घले विगत ४ दिनदेखि बेपत्ता भएका महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अवस्था पत्ता लगाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले भाद्र १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका पत्रकार खड्काको खोजीमा सरकार गम्भीर हुनुपर्ने भन्दै अवस्था पत्ता लगाउन सरकारसँग माग गरिएको महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महासङ्घले पत्रकार खड्काको खोजीमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय निकाय, प्रदेश सरकार, सुरक्षा निकाय र सञ्चारसम्बद्ध सङ्घसंस्थासँग समेत आग्रह गरेको छ ।