शुक्रबार, चैत्र १६, २०८०

सम्पर्कविहिन पत्रकार खड्काको खोजीका लागि युनियनको आग्रह

 काठमाडौं भाद्र १४ , नेपाल प्रेस युनियनले डोटी युनियनका संस्थापक अध्यक्ष एवम रेडियो बुढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेज बहादुर खड्का गत भाद्र १० गते जनै पूर्णिमाको अवसरमा बाजुराको प्रख्यात धार्मिकस्थल बुढीनन्दामा लाग्ने मेलाबाट फर्कने क्रममा सम्पर्कविहिन भएको खबरले अत्यन्तै चिन्तित रहेको जनाएको छ ।

 प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा युनियन केन्द्रीय समितिका तर्फबाट नेपाली सेनाको मुख्यालयमा सम्पर्क गरि मुख्यालयबाट वाजुरामा रहेको सेनाका अधिकारीलाई निर्देशन दिए लगत्तै नेपाली सेनाले पनि वाजुराबाट घटनास्थलमा एक खोजी टोली पठाएको यल्लेख गरिएको छ।

 त्यस्तै विज्ञप्तिमा पत्रकार तेज बहादुर खड्काको शिघ्र उद्धारका लागि नेपाल सरकारसँग आग्रह गर्दै विकट पहाडी क्षेत्रमा स्थलगत खोजी कार्यमा ढीलाई हुने भएकोले जनशक्ति बढाइ स्थलगतका साथै हवाई खोजी कार्यका लागि समेत युनियनले नेपाल सरकार र नेपाली सेनासँग आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।