बिहिबार, बैशाख १३, २०८१

सम्पदा बचाउ अभियानका लागि हस्ताक्षर संकलन सहित सडक धर्ना

काठमाडौं माघ ११, विश्व सम्पदा सूचीमा सुचिकृत एवम् धार्मिक सास्कृतिक तथा पुरातात्विक हनुमानढोका दरवार क्षेत्रमा महर्जन बिजनेस एसोसियत्सद्दारा बनाउँदै गरेको व्यापारिक कम्प्लेक्स आफैमा माप डण्डविपरित तथा सम्पदा क्षेत्रको मार्मिकता माथिको ठाडो प्रहार भएको निष्कर्ष सहित प्रस्तुत प्रतिवेदनका वाजुद पनि कुनै कारवही नभएकोमा नागरिक दवावका लागि सम्पदा बचाउ अभियानका अभियन्ताहरुले बुधवार हस्ताक्षर संकलन सहित सडक धर्ना कार्यक्रमको आयोजना गरेका छन ।

जिल्ला प्रशासन कार्यलयद्दारा गठित पुरात्त्व विभाग महानगपालिका, काठमाडौै उपत्यका विकास प्राधिकरणका ३ सदस्यीय प्राविधिक टोलीको प्रतिवेदनले समेत माप डण्डविपरित बन्दै गरेको भन्दै प्रमाणित गरिसकेको अवस्थामा समेत सरोकारवाला पक्षले यो वा त्यो वहानामा कारवाही सत्ता मुकदर्शक बनेको भन्दै अभियन्ताहरुले तिव्र आक्रोश सहित प्रस्तुत धर्नाको आयोजना गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।