शुक्रबार, बैशाख १४, २०८१

समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पूर्णताका लागि महिला सशक्तीकरण : उपराष्ट्रपति पुन

महिलालाइ महिलानै भएका कारण अधिकार र जिम्मेवारी दिन कन्जुस्याइँ गर्न नहुनेमा महिला चेम्बरकी अध्यक्ष श्रेष्ठको जनाउ

काठमाडौ फागुन २४,   १०९ औं नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको हरेक ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ ।

त्यस्तै उपराष्ट्रपति पुनले मुलुकको संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना मुलुकको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रदान गरेको अधिकारलाइ थप विस्तार गदै जानु पर्ने बताउँनु भएको छ । साथै उहाँले महिलालाइ अधिकार सम्पन्न बनाउँदै महिला सशक्तीकरणको क्षेत्रमा सफल बन्न सकेमात्र समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाले पूर्णता पाउँने बताउँनु भएको छ ।

साथै उहाँले पछिल्लो समय बढरदो बलात्कार, घरेलु हिंसा तथा अन्य महिला हिंसाका घटनाको सूची आफैमा भयावह रहेको बताउँदै महिलामाथि हुने कुनै पनि किसिमको अपर��ध न्यूनीकरणका लागि सरकार गम्भीर बन्नु पर्ने बताउँनु भएको छ ।

त्यसअवसरमा उहाँले नेपालको पहिलो महिला ट्याम्पु चालक लक्ष्मी शर्मा लाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड त्यस्तै गरि महिला सशक्तीकरणतर्फ विधाता श्रेष्ठ, कृष्णकुमारी पौड्याल, मीरा भट्टराई, शिवकुमारी डङ्गोल, सुलोचना श्रेष्ठ, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लाक्पा शेर्पालाई सम्मान गर्नु भएको थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो समय नेपालमा पनि महिला व्यवसायीहरुको संख्यामा वृद्धि हुदै जानु आफैमा सकारात्मक सूचक भएको बताउनु भएको उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता उल्लेखनीय हुँदै गएकामा खुशी व्यक्त गर्दै महिलालाइ महिलानै भएका कारण अधिकार र जिम्मेवारी दिन कन्जुस्याइँ गर्न नहुनेमा जोड दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।