मङ्लबार, बैशाख ११, २०८१

समुदायको हक हितका लागि सूचनाको हकाधिकार प्रयोग गर्न आयुक्त पोखरेलको आग्रह

 काठमाडौं असोज २० सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले समाजमा रहेका पिछडिएका वर्ग र समुदायको हक हितका लागि सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको प्रयोग गर्न जनतालाई प्रेरणा गर्नुपर्नेमा विशेष जोड दिनु भएको छ । नेपाल पत्रकार महासंघ अन्र्तगत आदिवासी जनजाति पत्रकार समितिद्दारा आज आयोजित सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै आयुक्त पोखरेलले यस्तो अभिव्यक्ति दिनु भएको हो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष दिलिप थापा मगरले जनताको सुसूचित हुने अधिकारका लागि नेपाल पत्रकार महासंघ कसैसंग सम्झौता नगर्ने बातउनुभयो । साथै उहाँले गत भाद्र १ गतेबाट लागु भएको कानुनले प्रेस स्वतन्त्रतामा संकुचन गरेको भन्दै महासंघले त्यसको विरोध गरेको धारणा राख्नुभयो ।

त्यस्तै आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष डन्ड गुरुङ्गले आदिवासी जनजाति पत्रकारले प्राप्त गर्ने अधिकार सम्पूूर्ण पत्रकारको रहेको भन्दै दुरदराजका समुदायको विषयवस्तुलाई पत्रकारहरुले सूचनाको हकको प्रयोग गरि सञ्चारमाध्यममा ल्याउनुपर्ने बताउनुभएको उक्त कार्यक्रममा महासंघका पूर्व महासचिव उजिर मगरले कार्यपत्र प्रस्तुत गर्दै आदिवासी जनजाति समुदायले प्राप्त गरेका हक अधिकारबाट लक्षित समुदायले के कति लाभ लिन सके त्यो अध्ययनको विषय हुनुपर्ने जिकिर सहित सुरक्षा निकाय लगायत सार्वजनिक सरोकारका विषयमा सूचनाको हक सम्बन्धी कानुन थप स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार टिकाराम राई ,कान्तिपुर दैनिकका पत्रकार खिम घले, नेपाल पत्रकार महासंघ आदिवासी जनजाति समितिका संयोजक टेकराज थामी लगायतले समाचार संकलन गर्दा सूचनाको हक सम्बन्धी कानुनको प्रयोग र समस्याका बारेमा वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।