शुक्रबार, बैशाख ७, २०८१

समान भागशान्ति मिल्न नसक्दा अड्कियो वाम एकताको हलो

काठमाडौं चैत १९,  नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा चाँडै हुने भनिएपनि अहिलेसम्म सांगठनिक संरचामा सहमति बन्न नसक्दा एकताको हलो  अड्किएको छ ।  एकतातर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको एकता ५०र५० प्रतिशतमै हुने सवालमा दिएको जनाउ र एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल , ईश्वर पोखरेलको ५०र५० प्रतिशतको विपरितको भनाइका कारण एकता प्रक्रियाले गति लिन नसकेको हो ।

 यसअघि दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको कुरा बाहिर आएपनि  एकताका लागि दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने सार्वजनिक प्रचण्द्रका् अभिव्यक्तिका कारण एकता प्रक्रियामा केही विलम्ब भएको एमाले सम्वद्ध नेताहरुले बताएका छन ।

सम्वद्ध स्रोतका अनुसार एमाले भने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव परिणाम हैसियतमा पार्टी सांगठनिक संरचना सहितको भागबन्डाको मनस्थितीमा रहेको छ। जसले गर्दा यसअघि कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती वैशाख ९ गतेका दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031