शुक्रबार, चैत्र १६, २०८०

समानुपातिक मतगणनामा कसको कति मत ?

काठमाडौं मंसिर २८, प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा खसेका कुल १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २६ लाख १६ हजार २८६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख २७ हजार ५९१ मत प्राप्त गरेको जनाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ३४ हजार ४७०, संघीय समाजवादी फोरमले ३ लाख ४९ हजार मत कटाएको छ ।त्यस्तैगरि राजपाले २ लाख ९४ हजार, राप्रपाले १ लाख ७४ हजार, विवेकशील साझा पार्टीले १ लाख ७२ हजार, नयाँ शक्ति पार्टीले ६८ हजार मत ल्याएको आयोगले जनाएको छ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।