बिहिबार, चैत्र १५, २०८०

समाजकल्याण परिषदमा चरम अनियमितता, दुई पूर्वमन्त्रीसहित ८ जना दोषी ठहर

काठमाडौं फागुन २,  समाजकल्याण परिषदका अध्यक्षसमेत रहेका तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र विक्रमबहादुर थापासहित परिषदका आठ पदाधिकारीले अनियमितता गरेको पाइएको छ ।

तत्कालिन दुई मन्त्रीसहित कोषका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष बीरबहादुर ठगुन्ना, सदस्य सचिब डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरु राकेश हमाल, इन्द्रकुमार झालगायतले अनियमितता गरेको भन्दै आवश्यक कारवाही गर्न अख्तियारसमक्ष सिफारिस गरिएको छ ।

सरकारद्वारा परिषदमा भएको अनियमितता छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले कोषमा ब्यापक अनियमितता भएको ठहर गर्दै उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही अघि बढाउन अख्तियारसमक्ष सिफारिस गरेको खवर आजको राजधानी दैनिकमा प्रकाशितरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।