बुधबार, बैशाख १२, २०८१

समाचारको निष्पक्षता तथा गम्भीर्यतामा ध्यान दिन कामु प्रन्या जोशीको आग्रह

काठमाडौं बैशाख २०, नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा फ्रिडम फोरम र युनेस्कोसँग मिलेर अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सुसूचित हुन पाउने जनताको अधिकार रहेको भन्दै समाचारको निष्पक्षता तथा गम्भीर्यतामा ध्यान पत्रकारलाई आग्रह गर्नु भयो ।   कार्यक्रममा प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताको सन्दर्भमा पत्रकारको सुरक्षाको कुरा गरिरहँदा पत्रकारबाट पीडित भैरहेको घटनाप्रति सबै सचेत हुनुपर्ने धारणा व्यक्त गर्दै पत्रकारले पेशागत मर्यादालाई पालन गर्नुपर्नेमा जोड दिनु भएको छ । 

त्यस्तै महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारहरुका लागि महत्वपूर्ण दिन रहेको भन्दै पत्रकारमाथिको दण्डहिनताको अन्त्य हुनुपर्ने बताउनु भयो । त्यस्तै  बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा परेको उजूरीमाथि गम्भी छानवीन भइरहेको बताउँदै पीडितले न्याय पाउनेमा शंका नगर्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा  नेपाल पत्रकार महासंघका परियोजना अधिकृत हिरण्य जोशीले दक्षिण एसिया र नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे रिपोर्ट प्रस्तुति गर्नु भएको थियो । त्यस अवसरमा अमेरिकाममा क्रियाशिल संस्था मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले सगरमाथा आरोहणमा जाने साहासी ७ जना पत्रकार महिलाहरुलाई प्रदान गर्न १ लाख २० हजार रुपैयाँको चेक महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।