शुक्रबार, चैत्र १६, २०८०

समस्याग्रस्त सहकारीका सञ्चालकलाई झिकाउन जाँजबुझ आयोगको आदेश

 काठमाडौँ पौष २६ ,समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँजबुझ आयोगले सहकारी सञ्चालकलाई झिकाउन आदेश जारी गरेको छ । समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चालकलाई तत्काल झिकाउन आज आदेश दिनुभएको हो । बचतकर्ताले दिएका krishi-sahakari-300x300विभिन्न उजुरीलाई आधार मान्दै eximआयोगले आज विभिन्न क्षेत्रका पाँच बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई झिकाउन आदेश जारी गरिएको हो ।

सञ्चालकलाई झिकाउन आदेश गरिएका समस्याग्रस्त सहकारी  क्रमसहरु  ओरेन्टल कोअपरेटिभ लि मैतीदेवी, एक्जिम बहुउद्देश्यीय सहकारी थापाथली, गुण मल्टिपर्पाज को अपरेटिभ लि र पुल्चोक ललितपुर प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ ललितपुर   रहेका छन ।

 त्यस्तै  यसअघि आयोगले  निम्नानुसारको ६३ बचत सहकारी संस्थाका सञ्चालकलाई झिकाउन आदेश जारी गरिसकेको छ । ती संस्थामा कुबेर बचत तथा ऋण सहकारी संस्था महाराजगन्ज, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि पुतलीसडक, प्रभु बचत तथा ऋण सहकारी संस्था लि नयाँ सडक, शुभश्री कोअपरेटिभ लि पुतलीसडक, नवराजधानी बचत तथा ऋण सहकारी संस्था लि काठमाडौँ, मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि डिल्लीबजार, कोहिनुर हिल बचत तथा ऋण सहकारी संस्था लि नयाँ सडक र सहायता सहकारी संस्था लि रातोपुल ,पुष्पाञ्जलि बचत तथा ऋण सहकारी संस्था लि चाबहिल, ओ¥याकल बचत तथा ऋण सहकारी संस्था लि पुतलीसडक, ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लि चाबहिल, मानस बचत तथा ऋण सहकारी संस्था लि रविभवन, जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि इचङ्गुनारायण र बाइसधारा बहुउद्देश्यीय सहकारी संस्था लि बालाजु  ,त्यस्तै रोजगार विकास बचत तथा ऋण सहकारी संस्था लि नक्साल, सुबल बहुउद्देश्यीय सहकारी संस्था लि सुकेधारा, डिमान्ड बचत तथा ऋण सहकारी संस्था लि काठमाडौँ, रिक्रियट सर्भिस बचत तथा ऋण सहकारी संस्था लि क्षेत्रपाटी, हितैषी बहुउद्देश्यीय सहकारी संस्था लि बत्तीसपुतली र हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि कालिमाटी छन् ।

अन्य सहकारीमा साइन बचत तथा ऋण सहकारी संस्था लि कामपा, विश्वास बचत तथा ऋण सहकारी संस्था लि, पिताश्री बचत तथा ऋण सहकारी संस्था लि तीनकुने संयुक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लि गँगबु, गगनचुली बचत तथा ऋण सहकारी संस्था लि गँगबु, परिदृश्य बचत तथा ऋण ससलि कालीमाटी, मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लि, त्रिपल एम बचत तथा ऋण सहकारी संस्था लि कामपा, नवनेपाल बचत तथा ऋण सहकारी संस्था लि नागपोखरी, कस्मिक बचत तथा ऋण सहकारी संस्था लि बागबजार र मुश्किलमा सजिलो बहुउद्देश्यीय सहकारी संस्था लि नयाँ बानेश्वर छन् ।

त्यसैगरी कमलिन बचत तथा ऋण ससलि त्रिपुरेश्वर, एपेक्स बचत तथा ऋण सहकारी संस्था लि मीनभवन, एरिया बचत तथा ऋण सहकारी संस्था लि बानेश्वर, रुपान्तर बचत तथा ऋण ससलि इमाडोल, चार्टर्ड बचत तथा ऋण ससलि कमलादी, सुलभ बचत तथा ऋण ससलि पुरानो बानेश्वर, भीमसेनगोला इन्द्रायणी बचत तथा ऋण ससलि लाजिम्पाट, बागेश्वरी बचत तथा ऋण ससलि पुरानो बानेश्वर र रिनाउन्ड बहुउद्देश्यीय सहकारी संस्था लि नयाँ सडक छन् ।

अन्य सहकारीमा हाइस्ट्रिट बचत तथा ऋण सहकारी संस्था लि बबरमहल, नवक्षितिज बहुउद्देश्यीय ससलि कालिकास्थान, कामना बचत तथा ऋण ससलि कालिकास्थान, लिडर्स बचत तथा ऋण ससलि बागबजार, कन्ज्युमर बचत तथा ऋण ससलि, परिमल बचत तथा ऋण ससलि, पब्लिक फाइनान्स बचत तथा ऋण ससलि कमलादी र अञ्जुलि बचत तथा ऋण सहकारी संस्था लि इमाडोल रहेका छन् । त्यस्तैगरि रश्शा बचत तथा ऋण सहकारी संस्था लि, विशंखुनारायणकरोना बचत तथा ऋण ससलि कुसुन्ती, ललितपुर सुनौलो बचत तथा ऋण ससलि, विशालचोक अन्नपूर्ण बचत तथा ऋण ससलि कुमारीपाटी, बालकुमारी बहुउद्देश्यीय ससलि इमाडोल, उग्रचण्डी बचत तथा ऋण ससलि मङ्गलबजार, कोपिला बचत तथा ऋण ससलि ग्वार्को, स्टान्डर्ड मल्टिपर्पोज ससलि जाउलाखेल, दीपशिखा बचत तथा ऋण सहकारी संस्था लि मानभवन, सुकुन्दा बचत तथा ऋण ससलि पुल्चोक र फ्युचर किज स्वास्थ्य सहकारी संस्था लि पुल्चोक पनि छन् ।