शुक्रबार, चैत्र १६, २०८०

सभ्यताको विकासक्रममा नेवाः सभ्यता महत्वपूर्ण : संस्कृतिविद् जोशी

शरण डंगोल / ललितपुर चैत १० ,  स्यःस्यः समाजको पाँचौ स्थापना दिवस शनिवार एक कार्यक्रमकावीच सम्पन्न भएको छ ।  संस्कृतिविद्, हरिराम जोशीको प्रमुख आतिथ्यतामासाथ सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जोशीले संस्कृतिको धार्मिक मान्यता अनुसार समाजमा चार वर्ण ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र रहेकोमा समाज विकास सामूहिक कार्यमार्फत संस्कृति र सम्पदाको जगेर्ना गर्दै संकुचित सोचभन्दा माथि उठेको संस्कारले नेवाः जातिको गौरवमय ईतिहास कोर्दै आइरहेकोे बताउनु भएको छ ।
साथै उहाँले समग्र नेपालकै सभ्यता विकासमा नेवाः सभ्यता महत्वपूर्ण रहेको सन्दभ र भावी पुस्तामा स्यःस्यः समाजको गौरवमय ईतिहास साक्षी रहेको बताउँदै नयाँ पुस्तामा संस्कृति र सामाजिक शिक्षाको महत्व कायम गर्न आध्यात्मिकतालाइ पनि साथसाथै लानु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भूकम्पले क्षतविक्षत ललितपुरका सम्पदाहरु निर्माणमा सरकारी प्रकृयालाई बिस्थापित गरी अमानतमा निर्माणकार्य गरिएको बताउँदै समाजको भवन निर्माणको लागि आवश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

समाजका नवनियुक्त अध्यक्ष हरिहर मंगल जोशीको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममा ज्यापू समाजका अध्यक्ष एवं पूर्व सभासद चन्द्र महर्जन, पूर्व मन्त्री ऋद्धि बाबा प्रधान, महेशलाल प्रधान, पूर्व सांसद मदन अमात्य, संघीय सांसद कृष्णलाल महर्जन, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा राष्ट्रिय पञ्चांग समितिका सल्लाहकार जेष्ठ नागरिक तुलसी नाथ जोशीलाइ सम्मान गर्दै भुवनेश कुमार प्रधानको नवग्रह र ज्योतिषशास्त्रबारे अंग्रेजीमा प्रकाशित पुस्तक समेत विमोचन गरिएको थियो । त्यस्तै गरि विज्ञान संकायमा १२ कक्षामा उत्कृष्टसथान प्राप्त गर्ने बिद्यार्थी लुजः श्रेष्ठलाई स्व. रत्नलाल श्रेष्ठ र स्व.हरिदेवी श्रेष्ठ स्मृति पुरस्कार र मानविकी र व्यवस्थापन संकायमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्न पाँच लाखको कोषका दाताद्दय मदन कुमार श्रेष्ठ र अहल्या श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।