शुक्रबार, चैत्र १६, २०८०

सभामुखमा महरा निर्विरोध निर्वाचित भएको विधिवत घोषणा ,आइतबार प्रम ओलीले विश्वासको मत लिने

काठमाडौं फागुन २६,    प्रतिनिधिसभाको आज कसेको बैठकमा बैठकका ज्येष्ठ अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६९३० बमोजिम नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको छ ।

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा नेता महराको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद सचिवालयले जनाएको छ ।  यसैवीच प्रतिनिधिसभाको आइतबार  १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीको सरकारलाई विश्वासको मत लिने भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।