बिहिबार, बैशाख १३, २०८१

सभापतिलाइ असहमति पत्र बुझाउँदै काँग्रेसद्दारा सुनुवाइ समितिको बैठक वहिष्कार

काठमाडौ माघ २०, संवैधानिक परिषद्को सिफारिस गैरकानूनी भएको ठहर गर्दै संसदीय सुनुवाइ समितिका सभापति सभापति लक्ष्मणलाल कर्णलाई असहमतिपत्र बुझाएका छन ।

आज सिँहदरबारमा बसेको समितिको बैठकमा प्रतिपक्ष दलका सांसदले   असहमतिपत्र बुझाउँदै प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै बसेको संवैधानिक परिषदको बैठकले संविधानको धारा  २८४(४)   र २९२ (१)  को बर्खिलाप परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्ष नियुक्ति गरेको भन्दै संविधानको व्यवस्था विपरित गरिएको नियुक्तिको सुनवाइका लागि उजुरी आह्वान गर्न बोलाइएको बैठक सहभागी हुन नसक्ने जनाउ दिदै बैठक समेत वहिष्कार गरेको हो ।

प्रतिपक्षीदलको तर्फबाट बुझाइएको पत्रमा ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसाल गौतमद्वारा हस्ताक्षर गर्नुभएको छ । यद्यपी असहमतिपत्र बुझदै समितिका सभापति कर्णले संवैधानिक परिषद्को निर्णय बदर गर्ने अधिकार समितिमा नभएको बताउँदै प्रस्तावित अध्यक्षविरुद्ध १० दिनसम्ममा उजुरी दर्ता गरिसक्न आह्वान गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।