बिहिबार, बैशाख ६, २०८१

सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु अभियनाको वर्खिलाप फोहर गरे कारवाही

 भक्तपुर मंसिर ६,  आजदेखि भक्तपुरमा एकमहिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । उक्त अभियानको आज गृहमन्त्री रामबहादुर थापाले भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर शुभारम्भ गर्दै अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नु भएको थियो । त्यस अवसरमा गृहमन्त्री थापाले जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा पाएको वर्तमान सरकाले शान्ति र सुरक्षित नेपाल बनाउन पनि सबैको साथ र सहयोग आवश्यक रहेको जिकिर गर्दै जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि सरकारले शुरु गरिसकेको बताउँनु भएको छ ।

सांसद महेश बस्नेतले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आगामी एक महिनासम्म सञ्चालन हुने यो अभियानले भक्तपुरका जनतालाई सभ्य, सुरक्षित र मर्यादित बनाउने बताउँदै उनले जडिबुटीबाट भक्तपुर प्रवेश गरेपछि र साँगाबाट भक्तपुर प्रवेश गरेपछि फोहर गरे कारवाहीमा गरिने समेत बताए। कार्यक्रममा सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।