शुक्रबार, चैत्र १६, २०८०

सन्देशविनाको यौनजन्य चलचित्रमा अभिनय गर्नुको कुनै औचित्य छैन: सोनिया

श्याम स्मृत/नेपाली सिनेमा उद्योगमा चुम्वन केसी उपनाम पाएकी नायिका सोनिया केसीको भाउ वढ्ेको छ । जसरी वजारमा दिनप्रति���िन भाउ बढेको छ । त्यसरी नै सोनियाको भाउ वढ्ेको छ । सवैको भाउ वढ्ने हामी कलाकारको किन भाउ नवढ्ने ? यो उनको गंभीर प्रश्न पनि हो । प्रश्नसंगै भाउ पनि वढाएकी छन् । चलचित्रको अभिनयमा मात्र होइन, फोटो खिच्दा पनि वेग्लै रेट राखेकी छन् । फोकटमा फोटो खिचाउन छाडेकी छन् । ए..बाबा..हामी कलाकारले कति फोकटमा काम गर्ने ? हाम्रो पनि पेट छ । हामीले मात्र कति 29634_10151371148424228_1716546788_nहरेक कुरा फोकटमा गर्ने ?
यस्तै–यस्तै प्रश्न गर्न थालेकी सोनियाले पाएमा राम्रो रोल तथा तकडा दाम पाएमा यौनजन्य चलचित्रमा अभिनय गर्ने खुलासा पनि गरेकी छन् । तर, त्यो चलचित्र सन्देशमुलक हुनुपर्ने शर्त राखेकी छन् । विना सन्देशमुलक यौनजन्य चलचित्रमा अभिनय गर्नुको कुनै औचित्य नभएको उनले भनेकी छन् । हुन त नेपाली चलचित्रका दर्शकले यौनजन्य चलचित्रको आवश्यकता महशुश गरेका छन् । त्यो पनि नेपाली चलचित्रका कलाकारको अभिनय भएको ।
मेसेजफुल यानी सन्देशमुलक भएमा त्यसप्रकारको चलचित्रले समाजलाई सही मार्गमा ल्याउने गर्दछ। त्यस प्रकारका सन्देशमुलक चलचित्र आवश्यक भैसकेको छ । तर, पैसैको लागि जस्तो पायो त्यस्तै टाइपको चलचित्रमा कलाकारले खेल्नु भने हुदैन । हो..अन्यत्रको जस्तो नेपाली चलचित्रका कलाकारको त्यति भाउ वढ्न सकेको देखिदेैन । पाएमा सवैले फोकटमा अभिनय गराउने पुरातन संस्कृति अझैपनि जारी रहेको छ । यसको मतलव नेपाली चलचित्रमा अझैपनि व्यावसायिकता आइनसकेको देखिन्छ ।
चलचित्र पाउने होडवाजीमा कलाकार–कलाकार वीच व्यापक प्रतिस्पर्धा त्यो पनि अस्वस्थ प्रतिस्पर्धा चल्नाले पनि यसप्रकारको अवस्था सिर्जना भएको हो । कतिपय कलाकार यस्ता पनि देखिएका छन् । मौका तथा अवसर मिलेमा फोकटमा खेल्ने अनि उल्टै चलचित्रमा लगानी गर्ने भएर पनि नेपाली चलचित्रका कलाकारका हकमा फोकटमा काम लगाउने फौवन्जारहरु नदेखिएका होइनन । देखिएका छन् । तिनीहरुले उनीहरुको अस्वस्थ प्रतिस्पर्धा
को मज्जाले फाइदा उठाएको पाइएको छ ।
यसतर्फ कलाकार आफैपनि सचेत हुनुपर्ने आवश्यक देखिन्छ । फोकटमा काम गर्ने परम्परालाई तोड्ने कार्य जसरी नायिका सोनिया केसीले प्रयास गरेकी छन् । त्यसैगरेर, अरु कलाकारले पनि त्यसप्रकारको अडान लिएर अगाडि वढ्ेमा नेपाली चलचित्रका कलाकारले कामको उचित मूल्य अवश्य पाउने छन् । त्यसमाथि, नेपाली चलचित्रको सरोकारवाला संस्था चलचित्र विकास वोर्ड, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ लगायतले कलाकारको रेट निर्धारण गर्ने वेला भैसकेको छ ।
नयां तथा पुराना कलाकारको रेट कति भन्ने निश्चित दायरा तोकेर ती सरोकारवाला निकायले सार्वजनिक गर्न नितान्त आवश्यक भैसकेको छ । रेटमा शोषण गर्न खोज्ने जोसूकैलाई पनि कारवाही गर्न सही नियम तथा नियगमन गर्ने परिपाटीको विकास भएमा कोही कलाकार मर्कामा पर्ने थिएन।