शनिबार, बैशाख ८, २०८१

सनराइज र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं पुस २४ , सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा प्रस्तत सम्झौतासंगै बैकका ग्राहकले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सहज तथा सरल हुनुको अलावा बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।