मङ्लबार, बैशाख ११, २०८१

सनराइज र एशियन लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं वैशाख ११ , सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाको विक्री गर्न सक्ने अधिकार प्राप्त् भएके बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको उल्लेख गर्दै बैकद्दारा जारी विज्ञप्तिमा बैंकिङ्ग सेवाको क्षेत्रमा बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए।टि।एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्नुको अलावामर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।