शनिबार, बैशाख ८, २०८१

सनराइज बैंकको ११ औं साधारणसभा सम्पन्न , अध्यक्षमा दुगड सवर्सम्मत

काठमाडौ पुस २९ ,सनराइज बैंक लिमिटेडको आज एह कार्यक्रमका वीच ११ औं साधारणसभा सम्पन्न गरेको छ । बैंकले आव २०७३÷७४ को नाफाबाट शेयर धनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी रु आठ अर्ब १५ करोड २५ रहेको छ । बैंकले चालू आवको प्रथम त्रैमासिमा रु ३३ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ २६ पैसा छ ।

त्यस्तै साधारणसभाले मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गर्नुको अलावा संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक श्री मोतीलाल दुगड, श्री मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधरण समूह ‘ख’ तर्फबाट ३ जना सञ्चालक श्री शैलेन्द्र गुरागाई, श्रीमती शारदा शर्मा पुडासैनी र श्री दीपक नेपाललाइ निर्वाचित भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174